विशेष अदालतको सफाइसँगै निलम्बन फुकुवामा परेका सचिव मरासिनीको अर्थमा प्रवेश

विशेष अदालतको सफाइसँगै निलम्बन फुकुवामा परेका सचिव मरासिनीको अर्थमा प्रवेश

काठमाडौँ : पेमेन्ट गेट वे मुद्दामा विशेष अदालतबाट सफाइ पाएका सचिव मधुकुमार मरासिनी अर्थ सचिवको रूपमा फर्किएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाएपछि उनी निलम्बनमा परेका थिए।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रहेका उनलाई 

सोमबार मन्त्रीपरिषद्ले अर्थ मन्त्रालयमा सरुवा गरेर अर्थमा रहेका  कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्यो।

जनार्दन शर्मा अर्थमन्त्री हुँदा मरासिनी अर्थ सचिव थिए। बजेट निर्माणकोक्रममा मन्त्रालयमै अनधिकृत व्यक्तिले पहुँच पाएको विवादमा शर्मासँगै उनी पनि विवादमा तानिएका थिए।

१० बैशाख, २०८१, २२:४३:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।