मादक पदार्थ सेवन गरी आफ्नै घरमा आगो लगाउने एक पक्राउ

मादक पदार्थ सेवन गरी आफ्नै घरमा आगो लगाउने एक पक्राउ

काठमाडौं : मादक पदार्थ सेवन गरी आफ्नै घरमा आगो लगाएको आरोपमा एक पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा गुल्मीको धुर्कोट गाउँपालिका ‐६, रजस्थलका ५९ वर्षीय रेखबहादुर परियार रहेका छन्।  

परियारले मादक पदार्थ सेवन गरी आइतबार राति आफू बस्ने घरमा आगो लगाएका थिए।

आगो लागेपछि घरभित्रका अन्नपात, लत्ताकपडा जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी शंकर पोख्रेलले जानकारी दिए ।

घरमा आगो लागेपछि अलपत्र परेकी रेखबहादुरकी श्रीमती सीतालाई आज जिल्ला प्रशासन कार्यालयले तत्कालका लागि राहत रकम उपलब्ध गराएको छ। 

पक्राउ परेका परियारमाथि थप अनुसन्धान गरिरहेको प्रहरिले जनाएको छ। 

१० बैशाख, २०८१, १९:४३:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।