क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा, अर्को पेशी वैशाख १६ गते

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा, अर्को पेशी वैशाख १६ गते

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आगामी पेशी वैशाख १६ गतेलाई तोकिएको छ ।

सोमबारलाई तोकिएको पेशी हेर्न नभ्याइने सूचीमा परेको थियो। पाटन उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालले मुद्दा हेर्न नभ्याउने सूचीमा राखेका हुन्।

आगामी सुनुवाइका लागि वैशाख १६ गते पेशी तोकिएको पाटन उच्च अदालतले जनाएको छ।

गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउने आदेश दिएका थिए। न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले तादी गाउँपालिकाको वडा नम्बर २ गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो। 

त्यस्तै, जन्ममिति सम्बन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश भएको छ।

१० बैशाख, २०८१, १७:५८:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।