बाँदर धपाउन राखिएको बन्दुक पड्किँदा ५१ वर्षीय महिलाको मृत्यु

बाँदर धपाउन राखिएको बन्दुक पड्किँदा ५१ वर्षीय महिलाको मृत्यु

काठमाडौं : पाँचथरमा बाँदर धपाउन राखिएको बन्दुक पड्किँदा महिलाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा हिलिहाङ गाउँपालिका–४ सिबुवाकी ५१ वर्षीया मनकुमारी सिगु छन्। 

मनकुमारी आइतबार राति साढे १० बजे घरदेखि अन्दाजी एक किलोमिटर उत्तरमा मकै रोपेको खेतमा बाँदरलाई धपाउनको लागि भरुवा बन्दुक लिएर गएकी थिइन्। 

बन्दुक पड्काउने क्रममा फायरिङ पिनको नाल फुटी पड्किँदा बारुदको छर्राले शरीरको विभिन्न भागमा लागेर घाइते भएकी थिइन्। त्यसपछि उपचारका लागि जिल्ला अस्पताल पाँचथर लगिएको थियो। 

उनको त्यही उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।  

१० बैशाख, २०८१, १७:०१:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।