जसले भ्रष्टाचार मुद्दामा ३ दिनअघि मात्रै सफाइ पाएका थिए, सरकारले अर्थसचिव बनायो

जसले भ्रष्टाचार मुद्दामा ३ दिनअघि मात्रै सफाइ पाएका थिए, सरकारले अर्थसचिव बनायो

काठमाडौं : मधुकुमार मरासिनीलाई अर्थसचिवमा बनाइने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मरासिनीलाई अर्थसचिव बनाउने निर्णय गरेको सरकारको प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। 

उनी यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव थिए।

हाल अर्थसचिव रहेका डा. कृष्णहरि पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ। 

नेसनल पेमेन्ट खरिद प्रकरणमा मरासिनीले गत शुक्रबार मात्र सफाइ पाएका हुन्। 

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन पदाधिकारीको मिलोमतो तथा योजनामा अर्थ मन्त्रालयका बजेट तथा कार्यक्रम महाशाखाका तत्कालीन महाशाखा प्रमुख हुँदा मरासिनीले बजेट सिलिङ भन्दा बाहिर गएर बजेट विनियोजन गरेको अख्तियारको दाबी थियो। राष्ट्रिय सूचना प्रविधि केन्द्रले माग नै नगरेको बजेट दिएको पनि अख्तियारले मरासिनीलाई आरोप लगाउँदै अख्तियारले मरासिनीविरुद्ध पनि भ्रष्टाचारको मुद्दा चलाएको थियो। 

मुद्दा लाग्दा उनी वाणिज्य सचिवको रुपमा कार्यरत थिए। असोज १५ गते मुद्दा लागेपछि उनी निलम्बनमा थिए।

आयोगले २३ करोड २७ लाख पैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको थियो। 

तर, विशेष अदालतले अख्तियारको दाबीलाई अस्वीकार गर्दै सचिव मरासिनीलाई सफाइ दिएको हो

१० बैशाख, २०८१, १६:३९:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।