९ महिनाको अवधिमा ११ खर्ब ६७ अर्बको आयात हुँदा निर्यात १ खर्ब १३ अर्ब मात्रै

९ महिनाको अवधिमा ११ खर्ब ६७ अर्बको आयात हुँदा निर्यात १ खर्ब १३ अर्ब मात्रै

काठमाडौँ : चालु आर्थिक वर्षको ९ महिनामा ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको भन्सार विभागले जनाएको छ। 

गत आर्थिक वर्षको ९ महिनामा १२ खर्ब १ अर्ब ५० करोड रूपैँयाको आयात भएकोमा थियो। योसँगै गत आर्थिक बर्षको ९ महिनाको तुलनामा चालू आर्थिक बर्षमा २.८४ प्रतिशतले आयात घटेको हो। 

आयातमा कमी आएपनि यता निर्यात भने बढ्न सकेन। नेपालबाट वस्तु तथा सामान आयात ९ महिनाको अवधिमा १ खर्ब १३ अर्ब रूपैँयाको भएको छ। गत आर्थिक बर्षको ९ महिनामा १ खर्ब १८ अर्ब रूपैँयाको वस्तु तथा सेवा निर्यात भएको थियो। 

गत आर्थिक बर्षको तुलनामा चालू आर्थिक बर्षमा ३.६६ प्रतिशतले निर्यातमा कमी आएको भन्सार विभागले जनाएको छ। 

त्यस्तै, वैदेशिक व्यापार घाटा ९ महिनामा १२ खर्ब ८१ अर्ब ३१ लाख छ। यो गत बर्षको तुलनामा २.९९ प्रतिशतले कमी हो। गते बर्षको ९ महिनामा वैदेशिक व्यापार घाटा १३ खर्ब १९ अर्ब बढी थियो। 

९ बैशाख, २०८१, १४:१९:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।