ओहदा ढाँटेर सार्वजनिक पद लिएको आरोपमा विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

ओहदा ढाँटेर सार्वजनिक पद लिएको आरोपमा विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

ओहदा ढाँटेर सार्वजनिक पद लिएको आरोपमा अख्तियारले पौडेलविरुद्ध मुद्दा दायर गरेको अख्तियारले जनाएको छ। 

उनीमाथि अमेरिकाको पीआर लिइसकेपछि नेपालको सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक बनेको आरोप छ।

उनीविरुद्ध यसअघि नै सुरक्षण मुद्रण केन्द्रमा अनियमितता गरेको आरोपमा दायर भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ। गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा पक्राउ परेका उनलाई विशेष अदालतको अनुमतिमा म्याद थप गरेर अख्तियारले अनुसन्धान गरिरहेको छ। 

सम्बन्धित समाचार :

९ बैशाख, २०८१, १३:१५:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।