मोबाइलमा चार्ज लगाउँदा मल्टिप्लक सर्ट भइ करेन्ट लागेर ८ वर्षीय बालकको मृत्यु

मोबाइलमा चार्ज लगाउँदा मल्टिप्लक सर्ट भइ करेन्ट लागेर ८ वर्षीय बालकको मृत्यु

काठमाडौं : तेह्रथुममा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा लालीगुराँस नगरपालिका–५, दागपाका कालुबहादुर लिम्बूको आठ वर्षीय छोरा सुदिप छन्। 

शनिबार राति आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा लाइनमा जोडेको मल्टिप्लक सर्ट भइ करेन्ट लागेको थियो।

करेन्ट लागेर घाइते भएका उनको उपचारका लागि लैजादै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ। 

९ बैशाख, २०८१, १२:२०:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।