हेटौंडामा टिपरको ठक्‍करबाट स्कुटर चालकको मृत्यु

हेटौंडामा टिपरको ठक्‍करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं : हेटौंडामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका ११ थानाभर्याङ बस्ने  ५५ वर्षका भीमबहादुर बिडारी रहेका छन्।  

पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १० बसपार्क पिपलबोट अगाडि बा.प्र.०३–००५ प ३५११ नम्बरको स्कुटरलाई प्र.२–०३–००१ ख ६८५४ नम्बरको टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो।

टिपरको ठक्करबाट घाइते बिडारीलाई उपचारको लागि हेटौंडा अस्पताल लगिएको थियो। 

हेटौंडाबाट थप उपचारको लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज चितवन लागिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भन्डारीले जानकारी दिए।

ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको छ। 

९ बैशाख, २०८१, ०९:२२:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।