घरायसी विवादमा भाइको कुटपिटबाट शारीरिक रूपमा अपाङ्ग दाजुको ज्यान गयो

घरायसी विवादमा भाइको कुटपिटबाट शारीरिक रूपमा अपाङ्ग दाजुको ज्यान गयो

काठमाडौं : संखुवासभामा भाइको कुटपिटबाट दाजुको मृत्यु भएको छ। 

सभापोखरी गाउँपालिका–३, एथुम्बुका ३८ वर्षीय भाइ प्रवीण राईको कुटपिटबाट ४१ वर्षीय दाजु सनमान राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिए।

गतराति घरायसी वादविवादमा प्रवीणले कुटेपछि सनमान गम्भीर घाइते भएका थिए। शारीरिक अपाङ्गता समेत रहेका सनमानको घटनास्थलमै मृत्यु भएको जबेगुले बताए।

कुटपिटमा संलग्न प्रवीणलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल संखुवासभामा राखिएको छ। 

८ बैशाख, २०८१, १६:३१:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।