युक्रेनलाई ६१ अर्ब डलर राहत प्याकेज दिन अमेरिकी संसदमा आज मतदान हुँदै, इजरायलले पनि पाउन सक्ने

युक्रेनलाई ६१ अर्ब डलर राहत प्याकेज दिन अमेरिकी संसदमा आज मतदान हुँदै, इजरायलले पनि पाउन सक्ने

एजेन्सी : युक्रेनलाई राहत प्याकेज दिने प्रस्ताव अमेरिकी प्रतिनिधि सभाबाट पारित हुनसक्ने देखिएको छ।

केही महिना ढिला गरी यो प्रस्तावमाथि शनिबार अमेरिकाको तल्लो सदनमा मतदान हुँदैछ।

युक्रेन बाहेक अमेरिकाले इजरायललाई पनि राहत प्याकेज दिन सक्ने अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ।

सदनका सभामुख माइक जोनसनले प्रस्तावमा मतदान गराउन आफू प्रतिबद्ध रहेको बताएका छन्।

उनले भनेका छन्, ‘यो प्रस्ताव मार्फत युक्रेनलाई करिब ६१ अर्ब डलर र इजरायललाई करिब २६ अर्ब डलरको सहायता उपलब्ध गराउन सकिन्छ।’

युक्रेनी प्रधानमन्त्री डेनिस श्म्याहलले बिहीबार अमेरिकी कंग्रेसलाई विदेशी राहत प्रस्ताव पारित गर्न आग्रह गरेका थिए।

८ बैशाख, २०८१, ०९:५७:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।