अमेरिकाको मेरिल्याण्डको ग्रीनवेल्ट पार्कमा गोली चल्दा ५ विद्यार्थी घाइते, एक जनाको अवस्था गम्भीर

अमेरिकाको मेरिल्याण्डको ग्रीनवेल्ट पार्कमा गोली चल्दा ५ विद्यार्थी घाइते, एक जनाको अवस्था गम्भीर

एजेन्सी : अमेरिकाको मेरिल्याण्डस्थित ग्रीनवेल्टको पार्कमा गोली चलेको छ।

विद्यालयका बालबालिकाहरूको बाक्लो जमघट भएका बेला गोली चल्दा ५ जना घाइते भएका छन् भने सो मध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

गोली लागेर घाइते हुनेहरूमा १६ देखि १८ वर्ष उमेर समूहका विद्यार्थी रहेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

गोली चल्दाको समय ग्रीनवेल्ट पार्कमा उच्च माध्यमिक विद्यालयका सयौं विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

ग्रीनबेल्टका प्रहरी प्रमुख रिचर्ड बोबर्सले एक जना घाइतेको अवस्था गम्भीर रहेको र अर्काको अवस्था स्थीर रहेको पत्रकार सम्मेलन गरेर जानकारी गराएका छन्।

घाइते पाँचै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घटनामा संलग्न एक जनाको खोजी कार्य जारी रहेको बोबर्सले बताए।

८ बैशाख, २०८१, ०९:२३:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।