‘डिशहोम मिसन ८१’ : एक वर्षको रिचार्जमा थप १२ महिना सम्म निःशुल्क डिशहोम हेर्ने मौका

‘डिशहोम मिसन ८१’ : एक वर्षको रिचार्जमा थप १२ महिना सम्म निःशुल्क डिशहोम हेर्ने मौका

काठमाडौं : नयाँ वर्ष २०८१ को सुरुवातसँगै डिशहोमले आफ्ना ग्राहकहरूको लागि मिसन ८१ योजना लिएर आएको छ।

यस योजनामा सहभागी ग्राहकहरूले डिशहोमको एक वर्षको रिचार्ज गर्दा तुरुन्तै लक्की ड्र मार्फत १ महिना देखि १२ महिनासम्म थप बोनस प्राप्त गर्न सक्नेछन्।

डिशहोम मिसन ८१ म डिशहोमका ग्राहकले तीन हजार रुपैयाँमा डिशहोमको वार्षिक रिचार्ज गर्न सक्नेछन्। यस्तै वेसिक प्लसको तीन हजार पाँच सय र प्रिमियम लाईफस्टाइलको चार हजारमा डिशहोमको वार्षिक रिचार्ज गर्न सकिनेछ।

ग्राहकहरूले नजिकैको डिलर दाइकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत रिचार्ज गर्न सक्नुहुनेछ।

नेपालभर रहेका डिशहोमका डिलर, सब डिलर तथ विक्रेताहरू मार्फत ग्राहकहरूले फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरि यो योजनामा सहभागिता जनाउन सक्नेछन्।

फन्ड ट्रान्सफरबारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ।

७ बैशाख, २०८१, ११:२१:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।