‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ चलेपछि अशोक दर्जीलाई लिएर फिल्म बनाउँदै टंक बुढाथोकी

‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ चलेपछि अशोक दर्जीलाई लिएर फिल्म बनाउँदै टंक बुढाथोकी

काठमाडौं : बाल गायक अशोक दर्जीले पाँच वर्षअघि गाएको गीत ‘मन बिना धन ठूलो कि धन बिनाको मन’ अहिले पनि चर्चामा छ।

 संगीतकार टंक बुढाथोकीको शब्द संगीतमा तयार भएको यो गीतले अशोक दर्जीलाई चर्चामा राखिरह्यो। 

यही गीतको नाममा फेरि उनै टंकले तिनै बालगायक अशोकलाई लिएर फिल्म बनाउने भएको छन्। संगीतकार बुढाथोकी आफैले निर्माण तथा निर्देशन गर्ने यो फिल्ममा निर्माताका रुपमा विनय अधिकारी रहेका छन्। 

बिहीबार चलचित्र विकास बोर्डमा फिल्म ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’को निर्माण इजाजत लिएको संगीतकार बुढाथोकीले जानकारी दिए।

फिल्मको पटकथा लेखक शिवम् अधिकारीले फिल्मको स्क्रिप्ट निर्माताद्वय टंक र विनयलाई समेत बुझाइसकेका छन्। 

टंकका अनुसार फिल्ममा अशोक दर्जीको मुख्य अभिनय रहने छ। उनी बाहेक अन्य नायक र नायिकाको केही दिनमा नै टुङ्गो लाग्ने  उनले बताए। 

कलाकारको चाँडै टुंगो लगाएपछि छायांकनमा जाने संगीतकार बुढाथोकीको भनाई छ। उनका अनुसार यो फिल्म यही वर्षभित्र प्रदर्शन गरिने छ।

फिल्मको कथा कस्तो हुने छ भन्ने विषयमा अशोक दर्जीको संगीत करिअरमा टंकले दिएको योगदान र कथित ‘अलग’ जातको मान्छेलाई आफ्नो घरमा राखेर दिएको जातीय सहिष्णुताको सन्देश फिल्मले बोल्ने छ।  

६ बैशाख, २०८१, १९:२३:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।