साउदी अरेबियाविरुद्ध नेपालले टस जित्यो, खेल ८ ओभरमा झारियो

साउदी अरेबियाविरुद्ध नेपालले टस जित्यो, खेल ८ ओभरमा झारियो

काठमाडौं : एसीसी प्रिमियर कपको समूह ए अन्तर्गत नेपालले साउदी अरेबियाविरुद्ध टस जितेको छ।

नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन्।

हिजो राति भएको ठूलो वर्षाका कारण पिचमा पानी पसेपछि निर्धारित समयमा खेल सुरु हुन सकेको थिएन।

अम्पायरहरुले पिचको निरीक्षण गरेपछि स्थानीय समयअनुसार साढे १२ बजे अर्थात नेपाली समयअनुसार सवा २ बजे खेल सुरु हुनेछ।

ढिला भएपछि खेललाई आठ ओभरमा झारिएको छ।

नेपाल समूह ए बाट अपराजित रहँदा समूह विजेता भइसकेको छ भने उपविजेताको टुंगो अहिलेसम्म लागिसकेको छैन।

आजको पहिलो खेलपछि समूह ए को उपविजेताको टुंगो लाग्नेछ।

५ बैशाख, २०८१, १४:०५:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।