लण्डन : विद्यालयमा नमाज पढ्न प्रतिबन्ध लगाएपछि मुस्लिम विद्यार्थीद्वारा मुद्दा, अदालतले गर्‍यो खारेज

लण्डन : विद्यालयमा नमाज पढ्न प्रतिबन्ध लगाएपछि मुस्लिम विद्यार्थीद्वारा मुद्दा, अदालतले गर्‍यो खारेज
प्रधानाध्यापक क्याथरिन वीरबल सिंह

एजेन्सी : लण्डनको एक विद्यालयका मुस्लिम विद्यार्थीले प्रार्थनामा प्रतिबन्ध लगाएको विरुद्ध गरेको अपील उच्च अदालतमा खारेज गरिदिएको छ।

वेम्बलीको माइकला स्कूलकी विद्यार्थीले नमाज प्रतिबन्धलाई भेदभावपूर्ण भन्दै उच्च अदालत मुद्दा दायर गरेकी थिइन्।

विद्यालयले उच्च अदालतलाई नमाजको अनुमति दिँदा अन्य विद्यार्थीलाई सही सन्देश नपुगेको बताएको छ।

न्यायमूर्ति थोमस लिन्डनले ८३ पृष्ठको फैसलामा भनेका छन्, ‘दावीकर्ताले विद्यालयमा हुँदा नै स्पष्ट रूपमा धर्म व्यक्त गर्न प्रतिबन्ध लगाइने भन्नेबारे जानकारी गराइएको थियो र त्यो स्वीकार गरिएको थियो।’

फ्री स्कुलका संस्थापक तथा प्रधानाध्यापक क्याथरिन वीरबल सिंहले उच्च अदालतको फैसलालाई सबै विद्यालयको जित भएको बताएकी छन्।

अपील हारेपछि विद्यार्थीले आफू विद्यालयमै रहने र आफ्नो जीसीएसई परीक्षामा ध्यान केन्द्रित गर्ने बताइन्।

विद्यार्थीले भनिन्, ‘म हारेको छु। तर, मलाई लाग्छ कि मैले प्रतिबन्धविरुद्ध अपील गरेर सही काम गरेँ। मैले आफू र मेरो धर्मप्रति सच्चा रहने प्रयास गरेँ।’

५ बैशाख, २०८१, १२:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।