बुधबारदेखि चार दिनसम्म काठमाडौंका विभिन्न स्थानमा ६ घण्टा बिजुली काटिने

बुधबारदेखि चार दिनसम्म काठमाडौंका विभिन्न स्थानमा ६ घण्टा बिजुली काटिने

काठमाडौं : काठमाडौंका केही स्थानमा बुधबारदेखि चार दिन दैनिक ६ घण्टा बिजुली कटौती हुने भएको छ।

विद्युत् प्राधिकरणले सूचना जारी गरी स्युचाटारदेखि बालाजु सब स्टेसनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको मर्मत गर्न लागेका बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म बिजुली अवरुद्ध हुने भएको जानकारी दिएको छ।

प्राधिकरणका अनुसार सीतापाइला फिडर, कुलेश्वर वितरण केन्द्र, इचङ्गु फिडर, बालाजु वितरण केन्द्र क्षेत्रका सोल्टी दोबाटो, मुसलमान टोल, ज्योति एकेडेमी र कारखाना चोकमा विद्युत् अवरुद्ध हुनेछ।

सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक क्षेत्र सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक, सानो भर्याङ, ठूलो भर्याङ, कामना स्कुल र अन्नपूर्ण चोक क्षेत्र ढुंगेधारा, क्लब घर र तरकारी बजारलगायत स्थानमा बिजुली कटौती हुनेछ।

५ बैशाख, २०८१, ०९:४१:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।