नेपालमा आफ्नो उपस्थिति बलियो बनाउँदै जेसीबी

नेपालमा आफ्नो उपस्थिति बलियो बनाउँदै जेसीबी

काठमाडौं : जेसीबीले आफ्नो आधिकारिक वितरक एमएडब्लू अर्थ मुभर्सद्वारा नेपालमा आफ्नो उपस्थिति थप बलियो बनाउने भएको छ।

जसअन्तर्गत नेपाली बजारलाई सहयोग गर्ने उद्देश्यले जेसीबी इन्डियाले ट्रयाक गरिएका केही एक्साभेटरहरूको लागि ५ वर्ष वा १०,००० घण्टाको वारेन्टी योजना ल्याएको छ।  

एमएडब्लूका अनुसार कम्पनीले नेपालमा आफ्नो चौथो अपरेटर ट्रेनिङ सेन्टर चितवनमा छिट्टै उद्घाटन गर्दैछ।

जेसीबी इन्डियाका प्रमुख कार्यकारी अधिकृत दिपक शेट्टी भन्छन्, 'नेपाल हाम्रो लागि दक्षिण एसियाली क्षेत्रको महत्वपूर्ण बजार हो। यहाँ हामीले हाम्रा ग्राहकहरूका लागि यहाँ सधैं अत्याधुनिक प्रविधियुक्त र उन्नत उत्पादनहरू प्रस्तुत गर्दै आएका छौँ।'

नेपालमा जेसीबीका १० हजार भन्दा धेरै उपकरणहरू संचालनमा छन्। 

एमएडब्लूका प्रिन्सिपल डिलर विष्णु अग्रवालले भने, 'एमएडब्लूले हाल करिब ५०० जनालाई रोजगारी दिएको छ भने चालकहरूका लागि तीनवटा विश्वस्तरीय प्रशिक्षण केन्द्रहरूमा पनि लगानी गरेको छ। यी अपरेटर प्रशिक्षण केन्द्रहरूमा चालकहरूलाई जेसीबीका मेसिनहरू कसरी सुरक्षित रूपमा सञ्चालन गर्ने भनेर सिकाइन्छ। हालसम्म हामीले झण्डै ५ हजार चालकहरूलाई तालिम प्रदान गरिसकेका छौं।' 

एमएडब्लू अर्थ मुभर्सले विगत दुई दशक वर्षदेखि नेपालमा जेसीबीका निर्माण उपकरणहरू वितरण गर्दै आएको छ। यसको केन्द्रीय कार्यालय काठमाडौंमा छ भने नेपालभरि ३२ वटा शाखा कार्यालय र तीनवटा अपरेटर प्रशिक्षण संस्थानहरू रहेको कम्पनीले जनाएको छ।  

४ बैशाख, २०८१, २०:५१:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।