धार्मिक तथा साहसिक पर्यटन पूर्वाधार निर्माणमा जुट्न महासंघ अध्यक्ष ढकालको आग्रह

धार्मिक तथा साहसिक पर्यटन पूर्वाधार निर्माणमा जुट्न महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक तथा साहसिक पर्यटन पूर्वाधार निर्माण तथा प्रवर्द्धनमा जुट्न आग्रह गरेका छन्। 

मंगलबार बाग्लुङ जिल्लाको कालिका मन्दिरमा आयोजित चैत्राष्टमि मेलालाई सम्बोधन गर्दै महासंघ अध्यक्ष ढकालले गण्डक क्षेत्रमा रहेका धार्मिक क्षेत्रमा पर्यटकको आकर्षण रहेकाले पर्याप्त पूर्वाधार विकासमा जुट्नुपर्ने बताए। 

हिन्दु धर्मावलम्बीका लागि बाग्लुङ कालिका पुग्नुपर्ने गन्तव्य बनेको र पन्चकोट लगायत थप गन्तव्यहरु लोकप्रिय भइरहेकाले पनि होटल तथा यातायातका आधुनिक पूर्वाधारमा लगानी बढाउनुपर्ने अध्यक्ष ढकालको भनाइ छ। 

उनले पोखरा आउने पर्यटकका लागि पर्वतमा बन्जी तथा अन्य साहसिक स्थलहरूको विकास भएकाले गण्डक क्षेत्रमा साहसिक र धार्मिक पर्यटनलाई  एकीकृत रुपमा प्रवर्द्धन गर्न सकिने बताए। 

कालिगण्डकी कोरिडोरको निर्माणले यो क्षेत्रका धार्मिक गन्तव्यको यात्रा सहज भएकाले बाह्रै महिना कोरला नाका खोल्ने र चिनियाँ पर्यटक भित्र्याउन थप पहल गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ। 

४ बैशाख, २०८१, १८:४४:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।