इरानमाथि जवाफी हमला गर्ने योजनाबारे इजरायली मन्त्रिपरिषद्मा छलफल

इरानमाथि जवाफी हमला गर्ने योजनाबारे इजरायली मन्त्रिपरिषद्मा छलफल

एजेन्सी : इजरायली वार क्याबिनेटले इरानको ड्रोन र मिसाइल आक्रमणलाई कसरी जवाफ दिने भनेर छलफल गरेको छ।

हालसम्म इजरायलले उक्त बैठकमा कुनै निर्णय भएको वा नभएको बारे बताएको छैन।

इजरायलका सहयोगीहरूले इरानको कदमको निन्दा गरे पनि बेन्जामिन नेतन्याहु सरकारलाई संयमता अपनाउन पनि आग्रह गरे।

इरानले आफ्नो पक्षबाट अब यो मामिला समाप्त भएको संकेत गरेको छ। तर, इजरायली सेना प्रमुखले इरानलाई अवश्य जवाफ दिइने बताएका छन्।

लेफ्टिनेन्ट जनरल हर्जी हेलेवीले भनेका छन्, ‘हेर्नुहोस्, हामी हाम्रा कदमहरूको बारेमा सोचिरहेका छौं र हामी निश्चित रूपमा इजरायलमा मिसाइल र ड्रोन प्रहारको जवाफ दिनेछौं।’

यद्यपि, इजरायलले कहिले र कस्तो कारबाही गर्छ भन्ने कुरा भने उनले बताएनन्।

४ बैशाख, २०८१, १०:३२:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।