वायुसेवा निगमले नागरिक लगानी कोष र सञ्चय कोषलाई तिर्यो ऋणको ५२ करोड किस्ता

वायुसेवा निगमले नागरिक लगानी कोष र सञ्चय कोषलाई तिर्यो ऋणको ५२ करोड किस्ता

काठमाडौं : नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ऋणको किस्ताबापत ५२ करोड रुपैयाँ भुक्तानी गरेको छ।

सोमबार प्रेस विज्ञप्ति जारी गर्दै निगमले २०८० चैत मसान्तमा खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई किस्ताबापत ५२ करोड ९ लाख ५५ हजार रुपैयाँ भुक्तानी गरेका हुन्।

निगमको ऋण दायित्वमध्ये दुई न्यारोबडी जहाजको २०८० चैत महिनाको किस्ताबापत पूरा र दुई वाइडबडी जहाजकोे आंशिक गरी चैत ३० गते उक्त रकम भुक्तानी गरिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।

उनका अनुसार वर्तमान नेतृत्वले व्यवस्थापन सम्हालेपछि निगमले २०८० चैतसम्म पाँच अर्ब ३६ करोड ६६ लाख ८६ हजार ९६८ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको छ।

विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको व्याजको व्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन समेत निगमले दुवै कोषलाई आग्रह गरिरहेको छ। 

४ बैशाख, २०८१, ०९:१८:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।