सुजल फुड्सले ल्यायो 'चोकोफन जोय' चकलेट

सुजल फुड्सले ल्यायो 'चोकोफन जोय' चकलेट

काठमाडौं : सुजल फुड्स प्रालिले आफ्नो नयाँ उत्कृष्ट प्रस्तुति स्वरूप 'चोकोफन जोय' चकलेट ल्याएको छ। 

यो नेपालकै पहिलो वर्गाकारको चकलेट भएको र न्यूनतम् मूल्यमा उपभोक्ता माझ प्रस्तुत गरिएको कम्पनीको दाबी छ।  

कम्पनीका अनुसार यो चकलेट स्वादिष्ठ, मुखमा राख्नासाथ पग्लिने र आनन्द प्रदान गर्दछ। गुलाबी र बैजनी रङमा प्याकेजिङ्ग गरिएको यो चकलेट जार र बक्स दुवैमा उपलब्ध छ। यसको ७० पिसको जार र ४५ पिसको बक्समा बजारमा उपलब्ध छ। 

चोकोफन जोय १० रुपैयाँको अधिकतम खुद्रा मूल्यमा ८ ग्रामको माउथफुल साइजमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। 

सुजल फूड्सले बिगत ५० वर्ष देखि अन्तर्राष्ट्रिय स्तरको वेफर, बबलगम, ललिपोप, टफी, क्यान्डी आदि उत्पादन र बिक्री वितरण गर्दै आएको छ।  

३ बैशाख, २०८१, २०:५३:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।