सिँचाइ मुगुका पाँच जना विरुद्ध भ्रष्टाचार मुद्दा

सिँचाइ मुगुका पाँच जना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय मुगुका प्रमुख राजीव रिमालसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सव–इन्जिनियर नरबहादुर लावड, उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर शाही, उपाध्यक्ष हिराबहादुर शाही र सचिव तीर्थबहादुर शाहीविरुद्ध विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको हो ।

मुगुको सोरु गाउँपालिका ५ स्थित नेर सिँचाइ आयोजनाको पाइपलाइन निर्माणका क्रममा गलत विवरण बुझाइ उपभोक्ता समितिलाई गैर कानुनी लाभ र सरकारलाई हानी नोक्सानी पुर्याएको अख्तियारको दाबी छ।

सिँचाइ आयोजनाको पाइपलाइन १७ सय हुनुपर्नेमा ८१२ मिटर मात्रै बनाएको र पूरा भएको भनी झुटो विवरण पेस गरी पहिलो, दोस्रो बिल स्वीकृत गरेर ५ लाख ६१ हजार रुपैयाँ अनियमितता गरेको अभियोग पत्रमा उल्लेख छ।।

पाँच लाख एकसट्ठी हजार चार सय एकासी रुपैंया बिगो कायम गरेर कैद र जरिवाना गरी बिगो असुलउपर हुन माग दाबी लिइएको छ।

२ बैशाख, २०८१, १९:५४:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।