घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं : नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई हजार २०० रुपैयाँ घटेको हो। 

आइतबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन उक्त सुन एक लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ  

आज चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँ घटेको छ। 

चाँदी तोलामा एक हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

२ बैशाख, २०८१, ११:१२:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।