आइपीएल : कप्तान शिखर धवन बिना मैदान उत्रिएको पञ्जाब किंग्सलाई राजस्थानले ३ विकेटले हरायो

आइपीएल : कप्तान शिखर धवन बिना मैदान उत्रिएको पञ्जाब किंग्सलाई राजस्थानले ३ विकेटले हरायो

काठमाडौं : इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा राजस्थान रोयल्सले पञ्जाब किंग्सलाई ३ विकेटले पराजित गरेको छ। 

टस जितेर पाहुना टोलीका कप्तान सञ्जु सामसनले बलिङ गर्ने निर्णय लिएका थिए। जसलाई उनका बलरहरूले सही साबित गर्दै पञ्जाब किंग्सलाई १४७ रनमा सीमित गरे। 

जवाफमा पाहुना टोलीले सुस्त सुरुवात गरे पनि अन्तमा सिमरोन हेटमायरको छोटो तर महत्वपूर्ण २७ रनको इनिङ्स खेल्दै राजस्थानलाई जित दिलाए।

नियमित कप्तान शिखर धवन बिना मैदान उत्रिएको पञ्जाबको ओपनिङ ब्याटिङमा जोनी बेयरस्टो र अथर्व तायडे आएका थिए। 

दुवै ओपनर १५–१५ रन बनाएर आउट भए। तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका प्रभसिमरन सिंह फेरि एकपटक फ्लप भए। उनले जम्मा १० रनको पारि खेले। 

मध्यक्रममा कप्तान साम करणले ६ र जितेश शर्माले १ चौका र २ छक्काको मद्दतले २९ रन बनाए। तल्लो अर्डरमा शशांक सिंहले ९ रन र लियाम लिभिङस्टोनले २१ रन बनाएर आउट भएका थिए।

अन्तिममा पञ्जाबका प्रभावशाली खेलाडीका रूपमा आएका आशुतोष शर्माले उत्कृष्ट ब्याटिङ गरे। आशुतोषले १६ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३१ रन बनाए।

राजस्थानका आभेष खान र केशव महाराजले दुई दुई विकेट लिए।

१४८ रनको लक्ष्यको जवाफमा रोयल्सका लागि ब्याटिङको ओपनिङका लागि यशस्वी जैसवाल र तनुष कोटियान आए पनि दुवैबीच ८.२ ओभरमा ५६ रनको सुस्त साझेदारी भयो। तनुषले ३१ बलमा २४ रन बनाए। 

यसपछि यशस्वी जैसवालले पनि राम्रो सुरुवातलाई ठूलो इनिङ्समा परिणत गर्न सकेनन्। जैसवाल २८ बलमा ३९ रन बनाएर आउट भए। सञ्जु सामसनले १८ रन, रियान परागले २३ रन र ध्रुव जुरेलले ८ रन जोडे।

रोभम्यान पावेलले ५ बलमा ११ रनको छोटो तर महत्वपूर्ण इनिङ खेले भने अन्तिम ओभरमा सिमरोन हेटमायरले खेलको अन्त्य गरे। 

हेटमायरले १० बलमा १ चौका र ३ छक्का सहित २७ रन बनाए। 

पञ्जाबका लागि कागिसो रबाडा र साम कुरानले सर्वाधिक २–२ विकेट लिए।

जितपछि राजस्थान १० अंकसहित शीर्ष स्थानमा रहेको छ भने पराजित भएको पञ्जाब ४ अंकसहित आठौं स्थानमा छ।

२ बैशाख, २०८१, ०७:५४:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।