'टिभिएस मेरो साथी' स्किममा लाइफटाइम वारेन्टी अफर

'टिभिएस मेरो साथी' स्किममा लाइफटाइम वारेन्टी अफर

काठमाडौं : टिभिएसले नयाँ वर्षको अवसर पारि ‘टिभिएस मेरो साथी’ स्किम सार्वजनिक गरेको छ।

‘टिभिएस मेरो साथी’ स्किम अन्तर्गत ग्राहकहरूले उत्कृष्ट डिजाइन, अत्याधुनिक इन्जिनियरिङ तथा नवीन प्रविधि रहेको टिभिएसको बाइक तथा स्कुटर खरिद गर्दा लाइफटाइम वारेन्टीको सुविधा उपलब्ध गराउने जनाइएको छ। 

यस स्किम अन्तर्गत ग्राहकहरूले टिभिएसका बाइक तथा स्कुटरको खरिदमा लाइफटाइम वारेन्टीको सुविधा छ भने हरेक हप्ता १०० प्रतिशत क्यास ब्याक, सियाेर सट क्यास डिस्काउन्ट, र एक्सचेन्ज गर्दा बजार मूल्य भन्दा थप मुल्यांकन, बजारकै सबै भन्दा कम इएमआई तथा सजिलो फाइन्यान्स सुविधा जस्ता आकर्षक अफरहरू उपलब्ध गराउने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो अफर चैत्र ३०, २०८० बाट सुरु भई सीमित अवधिको लागि देशैभर लागु हुनेछ।

१ बैशाख, २०८१, १९:३५:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।