कुमारी स्मार्टबाट मुद्धती खाता खोल्दा अत्तिरिक्त ब्याज, कर्जा लिँदा विशेष छुट

कुमारी स्मार्टबाट मुद्धती खाता खोल्दा अत्तिरिक्त ब्याज, कर्जा लिँदा विशेष छुट

काठमाडौं : नयाँ वर्ष २०८१ को अवसरमा कुमारी बैंकले मोबाइल बैंकिङ्ग एप ‘कुमारी स्मार्ट’बाट मुद्धती खाता खोल्दा अतिरिक्त ब्याज दिने भएको छ।

शुक्रबार विज्ञप्ति निकालेर बैंकले यसरी खाता खोल्दा थप ०.१५ प्रतिशत ब्याज पाउन सकिने जनाएको हो। साथै कुमारी स्मार्ट एप मार्फत आफ्नो मुद्धती खातामा भएको रकमबाट कर्जा लिँदा ०.२५ प्रतिशत छुट दिने भएको हो।

‘कुमारी स्मार्ट’मार्फत घरमै बसेर संसारको जुनै कुनाबाट तुरुन्त खाता खोल्न र ऋण लिन सकिने बैंकले जनाएको छ।

यस्तो प्रकारको मुद्धती खाता खोल्न र मुद्धती रसिदको धितोमा कर्जा उपभोग गर्न कुनै पनि किसिमको कागजी प्रक्रियाहरू नचाहिने र मोबाइल बैंकिङ्ग एपमार्फत चौबिसै घण्टा प्रयोग गर्न सकिनेछ।

बैंकले २३ वर्षदेखि आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६७ शाखारहित बैंकिङ्ग इकाईहरूमार्फत सेवा दिँदै आइरहेको छ।

१ बैशाख, २०८१, १२:४९:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।