इजरायलमाथि आक्रमण नगर्न बाइडेनको चेतावनी

इजरायलमाथि आक्रमण नगर्न बाइडेनको चेतावनी

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानले इजरायलमाथि आक्रमण गर्नसक्ने बताएका छन्।

यद्यपि, बाइडेनले इरानलाई त्यसो नगर्न निर्देशन दिएका छन्।

इरानले सिरियामा रहेको आफ्नो दूतावासमा भएको आक्रमणको इजरायलविरुद्ध बदला लिनसक्ने बाइडेनले बताएका हुन्।

शुक्रबार, इरानले इजरायलमाथि आक्रमण गर्नसक्ने विषयमा सोधिएको प्रश्नमाबाइडेनले भने, ‘इरानले त्यसो नगरोस्।’

बाइडेनले अमेरिकाले इजरायललाई समर्थन गर्ने स्पष्ट पारेका छन्।

‘हामी इजरायलको सुरक्षाको लागि प्रतिबद्ध छौं, हामी इजरायललाई समर्थन गर्नेछौं, हामी इजरायलको रक्षा गर्नेछौँ र इरान सफल हुन सक्दैन’, उनले भने।

अप्रिल १ मा सिरियास्थित इरानको वाणिज्य दूतावासमा आक्रमण हुँदा १३ जनाको मृत्यु भएको थियो।

आक्रमणमा इरानको एलिट कुड्स फोर्सका एक शीर्ष कमाण्डर र उनका सहायक पनि मारिएका छन्।

इरानले आक्रमणको पछाडि इजरायलको हात रहेको भन्दै त्यसको बदला लिने बताएको छ।

१ बैशाख, २०८१, ०९:०४:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।