एससीसी प्रियिमर कपमा नेपालको विजयी सुरुआत, मलेसिया ५ विकेटले पराजित

एससीसी प्रियिमर कपमा नेपालको विजयी सुरुआत, मलेसिया ५ विकेटले पराजित

काठमाडौं : एसीसी प्रिमियर कपमा नेपालले विजयी सुरुवात गरेको छ। शुक्रबार भएको खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराउँदै विजयी सुरुवात गरेको हो ।

मलेसियाले दिएको १४४ रनको लक्ष्य नेपालले १९.२ ओभरमा पुरा गर्यो। 

नेपालका लागि कुशल भुर्तेलले २४ रन बनाए। त्यस्तै, आरिफ शेखले ३५ बलमा चार चौकासहित ३२ रनको योगदान दिए। कप्तान रोहित पौडेलले २८, दीपेन्द्र सिंह ऐरीले २० र कुशल मल्लले ७ रन बनाए।

मलेसियाका लागि विरनदीप सिंहले ३, मोहम्मद वाफिक र पवनदीप सिंहले एकएक विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनाएको हो।

मलेसियाका लागि कप्तान भिरनदीप सिंहले सर्वाधिक ६८ रन बनाए भने शर्विन मुनियान्डीले ४१ रन बनाएका थिए। त्यस्तै, मुहमद अमिरले १६ रन बनाएका थिए।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २ तथा अभिनास बोहराले एक विकेट लिए। 

यसअघि घरेलु मैदानमा भएको प्रतियोगिताको उपाधि जित्दै नेपालले गत संस्करणको एसिया कप खेलेको थियो।  

३० चैत, २०८०, १९:४१:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।