कुमारी बैंकले ल्यायो नयाँ वर्षको अवसरमा 'क्यासब्याक अफर', कसरी लिने फाइदा?

कुमारी बैंकले ल्यायो नयाँ वर्षको अवसरमा 'क्यासब्याक अफर', कसरी लिने फाइदा?

काठमाडौं : कुमारी बैंकले नयाँ वर्ष २०८१ को अवसरमा क्यासब्याक अफर सार्वजनिक गरेको छ। 

अफरमा पीओएस भुक्तानी र अनलाइन कारोबारका लागि बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २०८१ रुपैयाँ वा कारोबार रकमको २५ प्रतिशत रकम फिर्ता पाउने जनाइएको छ। 

क्यूआर भुक्तानीमार्फत कारोबार गर्ने मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले क्यासब्याक अफरको फाइदा उठाउन सक्ने बैंकले जनाएको छ।

यो योजना २०८१ वैशाख १ गते बिहान ८ बजेदेखि राति ११ः५९ बजेसम्म लागु हुनेछ। 

बैंकका अनुसार तोकिएको समयावधिभित्र कारोबार गर्ने पहिलो ४० जना कार्ड प्रयोगकर्ता र पहिलो ४० जना मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

२९ चैत, २०८०, २०:०५:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।