शारदा ग्रुपका अध्यक्ष शिवरतन इन्द्रभक्त स्मृति पुरस्कारबाट सम्मानित

शारदा ग्रुपका अध्यक्ष शिवरतन इन्द्रभक्त स्मृति पुरस्कारबाट सम्मानित

काठमाडौं : शारदा ग्रुपका अध्यक्ष शिवरतन शारडा नेपाल चेम्बर अफ कमर्सको प्रतिष्ठित इन्द्रभक्त स्मृति पुरस्कारबाट सम्मानित भएका छन्।

नेपाल चेम्बर अफ कमर्सको ७३ औं साधारण सभाको एक कार्यक्रममा अध्यक्ष शारडालाई सम्मानित गरिएको हो। 

उनले नेपालको व्यापारिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा स्वरूप सम्मानित गरिएको आयोजकले जनाएको छ।  

उद्योगी र समाजसेवी स्व. इन्द्रभक्त श्रेष्ठको स्मृतिमा स्थापित यो पुरस्कार उद्योग, व्यापार क्षेत्रका नेतृत्वकर्ताहरुले सामाजिक दायित्व र मुलुकको विकासमा निभाएको भुमिकाको कदर गर्दै प्रदान गरिन्छ। 

शारडा समूहले उपभोक्ताले प्रयोग गर्ने वस्तुको व्यवस्थापन, उत्पादन र आयात गर्दै आएको छ। 

२९ चैत, २०८०, १८:५८:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।