२४ घण्टाभित्र २२ सय सवारीचालक कारबाहीमा, २० लाखभन्दा बढी राजस्व सङ्कलन

२४ घण्टाभित्र २२ सय सवारीचालक कारबाहीमा, २० लाखभन्दा बढी राजस्व सङ्कलन

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौंका विभिन्न स्थानमा दुई हजार दुई सय सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा कारबाहीमा परेका छन्। यस कारबाहीबाट राज्यकोषमा २० लाख ३९ हजार राजस्व सङ्कलन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको १६८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १५५,  सङ्केत बत्ती उल्लङ्घनकर्ता १३७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १५२ जनालाई कारबाही गरिएको हो।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १०२, निषेधित क्षेत्रमा हर्न बजाउने १७८, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १२३, एकतर्फी सडकमा सवारी चलाउने ११३ र अन्य सवारी नियम पालना नगरेका एक हजार ७२ जनालाई कारबाही गरिएको हो।

जेठ २, २०८३ शनिबार ११:५७:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।