विकट समुदायहरूमा मेटलाइफ नेपालको वित्तीय सचेतना कार्यक्रम

विकट समुदायहरूमा मेटलाइफ नेपालको वित्तीय सचेतना कार्यक्रम

काठमाडौं : वित्तीय ज्ञान र लचिलोपन निर्माण गर्न मद्दत गर्न मेटलाइफ नेपालले जीवन बीमा सचेतना कार्यक्रमलाई वित्तीय सेवाहरू नपुगेका समुदायहरूमा विस्तार गरिरहेको जनाएको छ। 

यस पहलले दमक, लहान, जनकपुर, कटारी, बेंसीशहर, रैनास नगरपालिका लमजुङ, नवलपुर, बारा, बद्रघाट, पाल्पा, सल्यान, दैलेख, जुम्ला, कैलाली र इलामका विभिन्न समूहहरूलाई समेट्ने छ। मेटलाइफका अनुसार यो पहल कम्पनीको कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गतको एक हिस्सा हो। 

सहभागीहरूले अन्तरक्रियात्मक सत्रहरू र जानकारीमूलक सामग्रीहरू मार्फत जीवन बीमाको महत्त्व र फाइदाहरू सिक्ने कम्पनीले जनाएको छ।

त्यस्तै, वित्तीय उत्पादनहरूमा पहुँच कम भएका क्षेत्रमा वित्तीय सशक्तीकरणलाई समेत बढावा दिनेछन्। 

यस कार्यक्रमबाट सहभागीहरूले आफ्नो परिवार र सम्पत्तिहरू सुरक्षित गर्न, आफ्नो आर्थिक भविष्य सुरक्षित गर्न र अप्रत्याशित चुनौतीहरूलाई आत्मविश्वासका साथ  व्यवस्थापन गर्न आवश्यक ज्ञान र उपकरणहरू प्राप्त गर्ने कम्पनीले विश्वास लिएको छ।

२९ चैत, २०८०, १८:४२:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।