इरानको चेतावनीपछि इजरायललाई हरसम्भव सहयोग गर्ने बाइडेनको प्रतिबद्धता

इरानको चेतावनीपछि इजरायललाई हरसम्भव सहयोग गर्ने बाइडेनको प्रतिबद्धता

एजेन्सी : इरानको चेतावनीका बावजुद अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

इरानले इजरायललाई कारबाही गर्ने चेतावनी दिएपछि बाइडेनको यस्तो भनाइ आएको हो। हालै सिरियामा भएको आक्रमणमा धेरै इरानी मारिएका छन्।

बाइडेनले भने, ‘हामी इजरायलको सुरक्षाका लागि हरसम्भव सहयोग गर्नेछौँ।’

इदको अवसरमा आफ्नो सन्देशमा इरानी नेता आयातोल्लाह अली खामेनीले सिरियाको राजधानी दमास्कसमा इजरायलले गरेको आक्रमण इरानमाथिको आक्रमण भएको बताएका थिए।

उनले भनेका थिए, ‘जब उनीहरूले हाम्रो दूतावास क्षेत्रमा आक्रमण गरे, हाम्रो माटोमा आक्रमण गरेजस्तै भयो।’

खामेनीले इजरायलमाथि जवाफी कारबाही गर्नेसमेत चेतानवी दिएका थिए।

अप्रिल १ मा, इरानी दूतावास भवनमा भएको आक्रमणमा धेरै वरिष्ठ इरानी सैन्य अधिकारीहरू सहित १३ जनाको मृत्यु भएको थियो।

इजरायलले यस आक्रमणको जिम्मेवारी लिएको छैन, तर यसको पछाडि इजरायलको हात रहेको विश्वास गरिएको छ।

यस हमलापछि उक्त क्षेत्रमा उपस्थित इजरायली र अमेरिकी सैनिकहरू उच्च सतर्कतामा छन्।

२९ चैत, २०८०, १०:२०:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।