कालीमाटीको सुमेरु सहकारीमा महानगरको छापा, कागजपत्र नियन्त्रणमा

कालीमाटीको सुमेरु सहकारीमा महानगरको छापा, कागजपत्र नियन्त्रणमा

काठमाडौँ : बचतकर्ताबाट गुनासो आएको सहकारीको अनुगमन सुरु गरेको काठमाडौँ महानगरपालिकाले मङ्गलवार कालीमाटीमा रहेको सुमेरु बचत तथा ऋण सहकारी संस्थामा छापा मारेर अनुगमन गरेको छ।

महानगरको टोली आकस्मिक रूपमा सहकारीको कार्यालयमा गएर सहकारीसँग सम्बन्ध कागजपत्रहरू नियन्त्रणमा लिएको अनुगमनमा संलग्न स्रोतले उकेरालाई बतायो।

अनुगमनमा संलग्न स्रोतका अनुसार सो सहकारीको पैसा राख्ने भल्टमा सहकारीको बचत दुरुपयोग प्रमाणित गर्न सक्ने कागजपत्र फेला परेको दाबी गरे।

संस्थाको करिब ३ अर्बको बचत रकम दुरुपयोग भएको प्रारम्भिक अनुसन्धानमा देखिएको थियो। सुमेरुमा भरत महर्जन संलग्न छन्। उनले पुल्चोक र कालीमाटीमा एकै नाममा सुमेरु बचत तथा ऋण सहकारी संस्था खोलेका थिए।

पुल्चोकमा उनी अध्यक्ष थिए भने कालीमाटीमा श्रीमती राजमाया महर्जन अध्यक्ष छिन्। सुमेरु सहकारीको बदमासी सार्वजनिक भएपछि भरत परिवारसहित सम्पर्कहीन छन्।

महानगरले समस्या देखिएका ४० सहकारीको सूची बनाएर अनुगमन सुरु गरेको हो। यस अगाडि महानगर टोलीले ओम साई सहकारीमा अनुगमन गरेर आवश्यक कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

२७ चैत, २०८०, २०:१०:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।