नेप्सेमा ९.१९ अंकको वृद्धि

नेप्सेमा ९.१९ अंकको वृद्धि

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमापक नेप्से परिसूचक ९.१९ अंकले बढेर २०३६.०१ को विन्दुमा पुगेको छ।

९७ लाख ८९ हजार ४१६ कित्ता सेयर ४ अर्ब १४ करोड ३७ लाख रुपैयाँमा किनबेच भएको छ। साताको पहिलो दिनको कारोबार रकम ४ अर्ब २५ करोड ६६ लाख रुपैयाँ थियो। 

१३ उप-समूहमा होटल तथा पर्यटन र लघुवित्त बाहेक सबै बढ्दा नेप्से परिसूचकमा सुधार आएको हो। फाइनान्स उप-समूह सर्वाधिक २.७९ प्रतिशतले बढेको छ। 

आज १५० कम्पनीको सेयर मूल्य बढ्दा लगानीकर्ता फाइदामा रहे। ८६ कम्पनीका सेयर मूल्य घट्यो भने ९ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन।

आज जानकी फाइनान्सको सेयर बढेर सर्किट लागेको छ। नेपाल फाइनान्स र पोखरा फाइनान्स सेयर मूल्य पनि उल्लेख्य बढेको छ।  

आज उच्च कारोबार हुनेमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी छ। उक्त कम्पनीको १८ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

गोर्खाज फाइनान्सको १६ करोड, हिमालयन रिइन्स्योरेन्सको १५ करोड ४५ लाख, नेपाल फाइनान्सको १५ करोड ३६ लाख र पोखरा फाइनान्सको १० करोडको सेयर किनबेच भएको छ।

वीन नेपाल लघुवित्तको सेयर मूल्य घटेर नकारात्मक सर्किट लागेको छ। मानुषी लघुवित्त, सबैको लघुवित्त, समता घरेलु लघुवित्त, बुद्धभूमि नेपाल हाइड्रोपावर घटेका छन्।     

२७ चैत, २०८०, १५:५३:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।