विवाह गरेको २० वर्षपछि धनुष र ऐश्वर्याले दिए सम्बन्ध विच्छेदको निवेदन

विवाह गरेको २० वर्षपछि धनुष र ऐश्वर्याले दिए सम्बन्ध विच्छेदको निवेदन

एजेन्सी : भारतीय अभिनेता तथा निर्माता धनुष र निर्देशक ऐश्वर्या रजनीकान्तले सम्बन्ध विच्छेदका लागि निवेदन दिएका छन्। उनीहरुले हालैमात्र चेन्नईको एक अदालतमा सम्बन्ध विच्छेदका लागि निवेदन दिएका हुन्।

गत वर्षको जनवरीमा धनुष र ऐश्वर्याले अलग हुने घोषणा गरेका थिए। 

‘साथी, दम्पती, अभिभावक र एक अर्काका शुभचिन्तकका रुपमा १८ वर्षको साथ। यो विकास, समझदारी, समायोजन र एक अर्काको अनुकूल हुने यात्रा रह्यो। आज हामी त्यो मोडमा उभिएका छौं। जहाँ हाम्रो बाटो अलग भएको छ। ऐश्वर्या र मैले एक जोडीका रुपमा अलग हुने र वृहत्तर आशामा एक व्यक्तिका रुपमा एकअर्कालाई सम्झाउनका लागि समय लिने निर्णय लिएका छौं’, धनुषले सामाजिक सञ्जालमा लेखेका थिए।

धनुष र ऐश्वर्याले सन् २००४ मा विवाह गरेका थिए। उनीहरुका दुई छोराहरू यात्रा र लिंगा छन्। 

कामको हिसाबले ऐश्वर्याले ‘लाल सलाम’बाट निर्देशकका रुपमा पुनरागमन गरेकी छिन्। जसमा उनका पिता रजनीकान्त विशेष भूमिकामा छन्।

धनुषको पछिल्लो फिल्म ‘क्याप्टल मिलर’ हो। जुन अरुण मथेश्वरद्वारा निर्देशित र सत्य ज्योति फिल्मद्वारा निर्मित एक्सन–एडभेन्जर फिल्म हो।

२७ चैत, २०८०, १४:१६:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।