सुनको मूल्यले आज पनि राख्यो नयाँ कीर्तिमान

सुनको मूल्यले आज पनि राख्यो नयाँ कीर्तिमान

काठमाडौं : साताको तेस्रो दिन मंगलबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ।

सोमबारको तुलनामा मंगलबार सुनमा एक सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघको अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको १ लाख ३६ हजार तीन सय रुपैयाँ कायम भएको छ।

तेजाबी सुनको मूल्य १ लाख ३५ हजार ६५० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

चाँदीको मूल्य सोमबार १ हजार ६८५ रुपैयाँ रहेकोमा मंगलबार पनि सोही मूल्यमा कारोबार हुनेछ।

यसअघि सोमबार सुनको मूल्यले अहिलेसम्मको उच्च हुँदै कीर्तिमान बनाएको थियो। सोमबार सुन तोलाको १ लाख ३६ हजार २ सय रुपैयाँ थियो।

२७ चैत, २०८०, ११:२६:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।