पुष्पा-२ को पहिलो टिजरमा अल्लु अर्जुनको गंगम्मा जात्राको रूप, एक घण्टामा ३० लाखले हेरे

पुष्पा-२ को पहिलो टिजरमा अल्लु अर्जुनको गंगम्मा जात्राको रूप, एक घण्टामा ३० लाखले हेरे

एजेन्सी : आठ अप्रिल दक्षिण भारतीय फिल्म नगरीका सुपरस्टार अल्लु अर्जुनको जन्मदिन। यही दिन पारेर पुष्पा-२ (पुष्पा द रुल) को टिजर सार्वजनिक भयो। एक वर्ष अगाडि आजकै दिन निर्माण टिमले फिल्मको फस्ट लुक सार्वजनिक गरेको थियो।

पुष्पा-२ को टिजरमा अल्लु अर्जुनको जात्राको लुक्स समावेश गरिएको छ। निलो सारी लगाएका अल्लुको कुनै डायलग समावेश छैन टिजरमा।

टिजरमा भारतको चित्तुरमा मनाइने गंगम्मा जात्रालाई समावेश गरिएको छ। पुष्पा २ को कथा चित्तुर केन्द्रित हुने टिजरमा देखिन्छ।

फिल्मको टिजर सार्वजनिक भइसक्यो। अनि रिलिज डेट २०२४ अगस्त १५। तर अझैँ फिल्मको सुटिङको काम सक्किएको छैन। पुष्पा-२ ना नायकको मृत्युबाट यो शृङ्खलाको अन्त्यको तयारी भए पनि सुटिङ गर्दैजाँदा कथा बदलेर पुष्पा-३ को बाटो समेत निर्माण पक्षले खुल्ला राखेका छन्।

पुष्पाको पहिलो शृङ्खलाको नाम पुष्पा : द राइज थियो। दोस्रो शृङ्खलामा आएर पुष्पा : द रुल भयो। तेस्रो शृङ्खलाको नाम पुष्पा : द रोर राखिएको दाबीहरू सार्वजनिक भइरहेको छ।

नेपालमा पनि पुष्पा अनि अल्लुको बलियो फ्यान फलोइङ देखिन्छ। नेपालमा पुष्पाले निकै राम्रो ब्यापार गरेको थियो। 

पुष्पाको क्रेज यसको टिजरप्रतिको रेस्पोन्सले पनि देखाउँछ। टिजर रिलिज भएको एक घण्टामा ३० लाख पटक हेरिसकिएको छ।

२६ चैत, २०८०, १३:२०:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।