सुनको मूल्यमा आज पनि नयाँ कीर्तिमान

सुनको मूल्यमा आज पनि नयाँ कीर्तिमान

काठमाडौं : साताको दोस्रो दिन सोमबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ।

आइतबारको तुलनामा सोमबार सुनमा ६ सय रुपैयाँ र चाँदीमा १५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघको अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको १ लाख ३६ हजार २ सय रुपैयाँ कायम भएको छ।

तेजाबी सुनको मूल्य १ लाख ३५ हजार ५५० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

चाँदीको मूल्य आइतबार १ हजार ६७० रुपैयाँ प्रतितोला रहेकोमा सोमबार १ हजार ६८५ रुपैयाँ पुगेको छ।

यसअघि आइतबार सुनको मूल्यले अहिलेसम्मको उच्च हुँदै कीर्तिमान बनाएको थियो। आइतबार सुन तोलाको १ लाख ३५ हजार ६ सय रुपैयाँ थियो।

२६ चैत, २०८०, ११:२९:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।