सी-वान द बोसको ‘फर्केर आउँछु’ सार्वजनिक

सी-वान द बोसको ‘फर्केर आउँछु’ सार्वजनिक

काठमाडौं : ‘सी-वान द बोस’ भनेर चिनिने कलाकार नवीन पोखरेलको नयाँ गीत ‘फर्केर आउँछु’ सार्वजनिक भएको छ।

गीत ‘सी-वान द बोस’कै युट्युब च्यानलबाट आइतबार साँझ रिलिज गरिएको हो।

परदेशिएका नेपालीहरूको लागि समर्पित गरिएको गीत र्याप फरम्याटमा छ। पोखरेलकै शब्द रहेको गीतलाई लेक्सनौर बिट्सले निर्माण गरेको हो।

दिनेश पोखरेलको निर्देशनमा तयार भएको भिडियोमा गाउँबाट परदेशिएको एक युवाको कथालाई समेटिएको छ।

२६ चैत, २०८०, ११:०१:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।