आईपीएल : मुम्बईले पहिलो जित निकाल्दा लखनउले गुजरातलाई हरायो

आईपीएल : मुम्बईले पहिलो जित निकाल्दा लखनउले गुजरातलाई हरायो

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले यो सिजनमा पहिलो पटक जितेको छ यस्तै गुजरात टाइटन्स लखनउ सुपरजाइन्टसँग पराजित भएको छ।

आइतबार भएको पहिलो खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई २९ रनले हराएको हो। २ सय ३५ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ५ रन मात्र बनाउन सक्यो।

दिल्लीका लागि ट्रिस्टन स्टब्सले सर्वाधिक ७१ रन बनाए। मुम्बईका लागि जेराल्ड कोट्जीले सर्वाधिक ४ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो।

मुम्बईका लागि रोहित शर्माले सर्वाधिक ४९ रन बनाए। दिल्लीका लागि अक्क्षर पटेल र एनरिक नोर्ट्जेले २–२ विकेट लिए।

पाँच पटकको विजेता मुम्बई यो सिजनमा ४ खेलमा पहिलो जित निकालेको छ दिल्ली भने ५ खेलमा १ जित सहित पुच्छारमा छ।

गएराति नै भएको अर्को खेलमा लखनउ सुपर जाएन्ट्सले गुजरात टाईटन्सलाई ३३ रनले हराएको छ।

लखनउले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको गुजरातले १८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १ सय ३० रन मात्र बनाउन सक्यो।

गुजरातका लागि साई सुदर्शनले ३१ रन बनाए। लखनउका लागि यश दयालले ५ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको लखनऊले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो।

लखनउका लागि मार्कस स्टोइनिसले सर्वाधिक ५८ रन बनाए। लखनऊका लागि उमेश यादव र दर्शन नलकन्डेले २-२ विकेट लिए।

जितपछि लखनऊ ४ खेलमा ३ जित सहित तालिकाको तेस्रो स्थानमा छ भने गुजरात ५ खेलमा २ जित सहित सातौं स्थानमा छ।

२६ चैत, २०८०, ०७:२५:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।