घुसको पैसाले आमाको नाममा जग्गा किन्दा आमा-छोरालाई नै भ्रष्टाचार मुद्दा

घुसको पैसाले आमाको नाममा जग्गा किन्दा आमा-छोरालाई नै भ्रष्टाचार मुद्दा

काठमाडौँ : ठेकेदारसँग घुस लिएर ८० लाखको जग्गा किनेको आरोपमा लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराई र उनको आमा जनकनन्दिनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। उनले कोष अन्तर्गत ठेक्का पाएको निर्माण सेवाका प्रोपाइटरसँग ८० लाख घुस लिएर भक्तपुरको गुन्डुमा २ रोपनी ११ आना जग्गा आमाको नाममा किनेको आरोपमा आइतबार मुद्दा दायर भएको हो।

अनुसन्धानकोक्रममा जग्गा खरिद गर्दा जग्गा विक्रेताको बैङ्क खातामा रकम जम्मा गरेको बैङ्क भौचरबाट जम्मा भएको रकमको स्रोतको खोजी गर्नेक्रममा कोषमा ठेक्काको काम गर्ने निर्माण सेवाका प्रोप्राइटरसँग घुस मागेर प्रोप्राइटरको बैक खाताबाट जग्गा विक्रेताको बैक खातामा पहिला ४० लाख र पछि जग्गा खोजी दिने व्यक्तिको बैङ्क खातामा थप ४० लाख हाल्न लगाएर जग्गा विक्रेताको बैक खातामा जम्मा गराएको अभियोग पत्रमा उल्लेख छ।

आयोगले कोषमा योजना प्रमुखको रूपमा कार्यरत भट्टराईले कोषमा ठेक्का पट्टाको काम गर्ने निर्माण सेवाका प्रोप्राइटरसँग घुस स्वरूप माग गरेको ८० लाख रकम भट्टराईले आफैले प्रत्यक्ष रूपमा नलिई आमा जनक नन्दनको नाममा जग्गा खरिद गर्दा सो रकम प्रयोग गरी भ्रष्टाचार गरेको भन्दै उनलाई मुख्य आरोपी र उनको आमालाई सहयोगीको आरोप लगाउँदै मुद्दा दायर गरेको हो।

२५ चैत, २०८०, १५:३३:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।