रास्वपाले बोलायो संसदीय दलको बैठक, यस्ता छन् एजेण्डा

रास्वपाले बोलायो संसदीय दलको बैठक, यस्ता छन् एजेण्डा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्ने भएको छ। 

बैठक रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार साँझ ५ बजे बस्ने तय छ। 

बैठकमा संसदको काम-कारबाहीमा पार्टीको प्रभावकारी उपस्थिति र भूमिकाको सम्बन्धमा छलफल हुने रास्वपा प्रमुख सचेतक सन्तोष परियारले बताए। 

यस्तै, संसदमा प्रस्तुत विधेयकरूमाथि पार्टीको साझा धारणा बनाउने, रास्वपाबाट सरकारमा गएका मन्त्रीहरूले गरेका काममा सम्बन्धमा समेत बैठकमा छलफल गर्ने एजेन्डा रहेको परियारले जानकारी दिए। 

२५ चैत, २०८०, १०:२५:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।