जाँड खाएर होहल्ला गरेपछि पक्राउ परेका राजेशपायल रिहा, भोलि नै इटहरीमा कन्सर्ट

जाँड खाएर होहल्ला गरेपछि पक्राउ परेका राजेशपायल रिहा, भोलि नै इटहरीमा कन्सर्ट

काठमाडौं : जाँड खाएर होहल्ला गरेको आरोपमा पक्राउ परेका गायक राजेशपायल राई रिहा भएका छन्।

गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट मदिरा पिएर हो–हल्ला गरेको आरोपमा पक्राउ परेका उनी रिहा भएका हुन्। 

काठमाडौं प्रहरी परिसरका एसएसपी भुपेन्द्र बहादुर खत्रीका अनुसार उनलाई परिवार बोलाएर जिम्मा लगाइएको हो।

प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा सरुवा गर्ने धम्की दिएपछि राईलाई प्रहरीले पक्राउ गरेको थियो। 

उनीसँगै आठ जना पक्राउ परेका थिए। 

रिहा भएपछि भोलि नै उनको इटहरीमा कन्सर्ट रहेको छ।  

कन्सर्टका लागि निम्तो दिदै उनले फेसबुकमा लेखेका छन्, 'तपाईहरुको इटहरी, भोलि भेट्ने हामी। '

२२ चैत, २०८०, १५:१४:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।