सुनको मूल्यले फेरि राख्यो कीर्तिमान, १८ दिनको अन्तरमा नौ हजार रुपैयाँ वृद्धि

सुनको मूल्यले फेरि राख्यो कीर्तिमान, १८ दिनको अन्तरमा नौ हजार रुपैयाँ वृद्धि

काठमाडौं : साताको पाँचौं दिन बिहीबार सुनको मूल्यले पुनः कीर्तिमान कायम गरेको छ।

बुधबारको तुलनामा बिहीबार सुनको तोलामा एक हजार रुपैयाँ बढेर नयाँ कीर्तिमान कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बिहीबार एक तोला छापावाल सुनको मूल्य १ लाख ३४ हजार रुपैयाँ पुगेको छ।

तेजाबी सुनको मूल्य १ लाख ३३ हजार ३५० रुपैयाँ पुग्दा चाँदीको मूल्य १ हजार ६५० रुपैयाँ प्रतितोला पुगेको छ।

चैत ६ गते तोलाको १ लाख २५ हजार २ सय रुपैयाँ रहेको सुनको मूल्य २२ गते १ लाख ३४ हजार पुगेको हो।

१८ दिनमा सुनको मूल्यमा करिब नौ हजार रुपैयाँ बढोत्तरी आएको देखिन्छ।

२२ चैत, २०८०, ११:२२:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।