जाँड खाएर होहल्ला गरेको आरोपमा राजेश पायल राई पक्राउ

जाँड खाएर होहल्ला गरेको आरोपमा राजेश पायल राई पक्राउ

काठमाडौं : जाँड खाएर होहल्ला गरेको आरोपमा गायक राजेश पायल राई पक्राउ परेका छन्।

राईसहित तीन जनालाई बुधबार राति मदन भण्डारी कलेज अगाडिबाट प्रहरीले पक्राउ गरेको काठमाडौं उपत्यकाका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए।

उनका अनुसार पक्राउ परेकाहरूलाई अहिले प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको छ।

गायक राईलाई आफन्तको जिम्मा लगाउने प्रहरीको तयारी भइरहेको प्रहरीले जनाएको छ।

उनीसँगै गएराति काठमाडौं उपत्यकाभरबाट १७२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
 

२२ चैत, २०८०, ०८:०२:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।