वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश गिरीलाई थुनामा राख्न सर्वोच्चको आदेश

वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश गिरीलाई थुनामा राख्न सर्वोच्चको आदेश

काठमाडौँ : सर्वोच्च अदालतले वैवाहिक बलात्कारको कसुरमा निलम्बनमा परेका जिल्ला न्यायाधीश भुवन गिरीलाई थुनामै राख्न आदेश दिएको छ। बुधवार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासले न्यायाधीश गिरीलाई तारेखमा छाड्न उच्च अदालतको दिएको आदेश बदर गरी उनलाई थुनामै राख्न आदेश दिएको हो। 

गिरीमाथि उनको श्रीमतीले वैवाहिक बलात्कारको उजुरी दिएकी थिइन्। उनको जाहेरीका आधारमा काठमाडौँ र रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर भएकोमा जिल्ला अदालतले गिरीलाई तारेखमा छाड्ने आदेश गरेको थियो भने उच्च अदालतले समेत जिल्ला अदालतको आदेश सदर गरेको थियो। 

उच्च अदालतको आदेशविरुद्ध गिरीकी पत्नीले सर्वोच्च अदालतमा पुनरावेदन दिएकी थिइन्। उनले गिरीलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गरेकी थिइन्।

२१ चैत, २०८०, १६:५३:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।