सहकारी ठगीमा डीपी अर्यालले नाम आएपछि रविले भने, ‘प्रश्न उठ्दैमा आत्तिनुपर्दैन’

सहकारी ठगीमा डीपी अर्यालले नाम आएपछि रविले भने, ‘प्रश्न उठ्दैमा आत्तिनुपर्दैन’

काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा पार्टीका नेताहरूको नाम जोडेर प्रश्न उठ्दैमा आत्तिनुनपर्ने बताएका छन्।

संसद् भवनअगाडि मंगलबार बिहान पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन्।

प्रमाणित भएको कुरा र हल्ला, प्रचारबाजीमा फरक रहेको बताउँदै उनले भने, ‘प्रश्न उठ्दैमा आत्तिनुपर्ने कुरा छैन। सदनमा उठेका कुरा मैले सदनमा उभिएर बोल्न पाउनुपर्छ।’

मंगलबार नागरिक दैनिकले राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं श्रममन्त्री डीपी अर्यालले सहकारीको रकम अपचलन गरेको समाचार प्रकाशित गरेको थियो।

उक्त समाचारमा शिर्षककमा प्रश्नचिन्ह राखेर लेखिएको उल्लेख गर्दै उनले प्रमाणित गरेको कि प्रश्न उठाएको भनेर सोधका छन्।

उनले थपे, ‘समाचार आएपछि पुग्यो! हेडलाइनमा एउटा प्रश्नचिन्ह राखेर... ठगीमा भनेर प्रश्न राखिदिएको हो कि, हत्कडी लगाएर प्रमाणित गरिदिएको हो कि, भन्नु नपर्ने?’

उनले पत्रिकाले छाप्नेबित्तिकै कोही पनि दोषी ठहर नहुने भन्दै प्रश्न र सुझावले आफूहरूलाई थप जिम्मेवार बनाउने बताए।

‘एउटा पत्रकारले, पत्रिकाले कतै लेखिदिएपछि त्यो प्रमाणित नै भन्ने मान्यता हामीले बनाउने हो भने त सकिइहाल्यो। होइन, तपाईंहरूको अन्य साथीहरूले के रहेछ भनेर हेर्दा, खोज्दा सुन्दा, प्रश्न उठाउने, आशंकाहरू अभिव्यक्त गर्ने, हामीलाई जिम्मेवार बनाउनलाई गर्ने क्रम चलिरहन्छ’, उनले अगाडि भने।

२० चैत, २०८०, १४:०८:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।