मोबाइल पसलको र्याकमुनि प्लाष्टिकभित्र लुकाएर राखेको १७ लाख भेटियो, हुन्डीको शंकामा दुई जना पक्राउ

मोबाइल पसलको र्याकमुनि प्लाष्टिकभित्र लुकाएर राखेको १७ लाख भेटियो, हुन्डीको शंकामा दुई जना पक्राउ

काठमाडौं : मोबाइल पसलको आवरणमा हुन्डी कारोबार गरेको आरोपमा २७ लाख नगदसहित दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले सोमबार कमर राजा र आरिफ अन्सारीलाई पक्राउ गरेको हो। मलंगवा बजारको सडक खण्डमा कालो रङको झोला पिठ्युँमा बोकी हिँड्दै गरेका कमर राजालाई नियन्त्रणमा लिँदा झोलामा दश लाख नगद र लक्ष्मी सनराईज बैंकको ९ लाख ९० हजार जम्मा गर्ने २ वटा भौचर फेला परेको थियो।

सोधपुछ उनले सो रकम आरिफ अंसारीले संचालन गरेको फोन सिटी मोबाइल पसलबाट ल्याएको भनेपछि अन्सारीले सञ्चालन गरेको फोन सिटी मोबाइल पसलमा तलासी लिँदा थप १७ लाख फेला परेको प्रहरीले जनाएको छ।

पसलभित्र रहेको र्याकमुनि खैरो रङको कपडाको झोलाभित्र रहेको कालो प्लाष्टिकभित्र लुकाएको एक हजार दरको १४ लाख ५४ हजार, ने.रु. ५ सय दरको तीन लाख ११ हजार र एक सय दरको १० समेत गरेर १७ लाख ७५ हजार बरामद भएको थियो।

प्रहरीले सो रकमको स्रोतबारे सोध्दा स्रोत खुलाउन नसकेपछि प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएको छ।

१९ चैत, २०८०, २०:१३:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।